रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा लुकास भाजक्वेज र मार्को एसेन्सियोले एक एक गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको छ । रियलको १७ खेलमा ३६ अंक भएको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको १४ खेलमा ३५ अंक रहेको छ । त्यसैगरी सेल्टा भिगोको १७ खेलमा २३ अंक रहेको छ ।

प्रतिक्रिया