पुष १९ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल पौष १९ गते । आईतबार । ईश्वी सन् २०२१ जनवरी ०३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–चतुर्थी,०२ घडी ३५ पला,बिहान ०७ बजेर ५९ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–मघा,३२ घडी ३८ पला,बेलुकी ०८ बजेर ०० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–प्रिती,०९ घडी ३३ पला,बिहान १० बजेर ४६ मिनेट उप्रान्त आयुष्मान । करण– बालव,बिहान ०९ बजेर ५९ मिनेट उप्रान्त कौलव,बेलुकी ०७ बजेर २२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १९ मिनेट । दिनमान २५ घडी ५७ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ५७ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ५८ मिनेटदेखी बिहान ८ बजेर १५ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर १६ मिनेटदेखी बिहान ९ बजेर ३३ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर ३४ मिनेटदेखी बिहान १० बजेर ५० मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ५१ मिनेटदेखी मध्यान्ह १२ बजेर ०८ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर ०९ मिनेटदेखी दिउसो १ बजेर २६ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर २७ मिनेटदेखी दिउसो २ बजेर ४४ मिनेटसम्म रोग बेला ।
दिउसो २ बजेर ४५ मिनेटदेखी बेलुकी ४ बजेर ०२ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ४ बजेर ०३ मिनेटदेखी बेलुकी ७ बजेर ०२ मिनेटसम्म शुभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बेलुकी ०४ बजेर ०१ मिनेटदेखी बेलुकी ०५ बजेर १९ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ईमान्दार तथा परिश्रमी भएर जीवनशैलिमा परिवर्तन ल्याउन सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो हुनुका साथै घर परिवारमा आफन्तसँगको सम्बन्ध थप प्रगाड बनाउन सकिनेछ । पढाइ लेखाइमा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि तथा व्यापार फस्टाएर जाने समय रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम भने थाति रहनेछ । आमा तथा आफन्तसँग छुट्टिनु पर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा मन नजाने हुँदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ । तरपनि कृषि,पशुपालन तथा सहकारि क्षेत्रमा समय लगानी गरी मनग्गे आम्दानी हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् भने रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । आर्जित धन सञ्चय गरि दीर्घकालिक प्रयोजनमा उपयोग गर्न सकिनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना बनाई समाधान गर्न सकिनेछ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईंको निर्णयको उच्च मुल्याङन हुनेछ भने समानमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवन साथिको सहयोगले मन प्रफल्लित हुनेछ । अध्यनमा प्रगती हुने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईंकै वर्चस्व कायम रहनेछ । कुटुम्वसँग मिलेर गरिने कुनै पनि काम फस्टाएर जानेछ । बहुमुल्य बस्तुहरु तथा धातुहरु जोड्ने समय रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुनाले बाहिरी तत्वहरुले प्रलोभन देखाएर फसाउन सक्छन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुको सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । यात्राको योग रहेकोछ भने विदेशमा उत्पादिन सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । खाद्यान्न,औषधी तथा निर्माण सामाग्रीको व्यापारमा वृद्धि हुने तथा अन्य सामान्यको कारोबारमा सामान्य मन्दी आउनेछ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाँफा कमाउन सकिनेछ । प्रणय सम्बन्ध सुदृड हुने तथा घर परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइ तथा आफन्तसँग भेटघाट हुने योग रहेकोछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम थोरै समय दिएर फत्ते गर्न सकिनेछ । स्वास्थ्य सबल रहने हुनाले तपाईँबाट राम्रा हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा जनताको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रशासनिक तथा सरकारी क्षेत्रमा तपाईकै बर्चश्व कायम रहनेछ । धार्मिक अनुष्ठान तथा तिर्थ यात्राको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा झुकाव बढ्ने हुनाले सकारात्मक नतिजा आउनेछ । बुद्धिको उपयोगले राम्रा काम गर्न सकिने तथा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आलोचना गर्ने गोप्य शत्रुहरू सक्रिय हुन सक्छन् ध्यान दिनुहोला । सरकार,प्रशासन वा अड्डाअदालतका काममा पनि विघ्न हुनेछ । कार्यक्षेत्रमा सिनियर्स हरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । तरपनि ग्रामिण भेगमा गरिने कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामाग्रको खरिद बिक्रीबाट लाभ लिन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछन् । जागिरमा बढुवा, प्रशंसा र पुरस्कार पाईने योग रहेकोछ । साजाजिक काम गरी प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि गर्न सकिनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेकोछ भने पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ ।

मीन(दी,दू,थ ,झ,ञ,दे,दो,चा,ची) बन्दव्यापार र कामधन्धाका क्षेत्रमा राम्रो प्रगती हुनेछ । छोटो दूरीको यात्राका लागि समय अनुकूल रहेकोछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मामा तथा अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघी बढ्नेछन् ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया