‘नयाँ पुस्तालाई नेतृत्व दिऔं भन्दा दाहाल–नेपालले घोसे मुन्टो लगाउनुहुन्छ’

काठमाडौं । उपप्रधानमन्त्री एवम् नेकपा केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार नरहेको औंल्याएका छन् ।

काठमाडौं जिल्ला कमिटीद्वारा प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित बृहत नेकपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका छन् । ‘प्रधानमन्त्रीज्यूले पटक–पटक नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौँ भन्दा किन घोसे मुन्टो लगाउनुहुन्छ प्रचण्ड र माधव कमरेडले ?’, पोखरेलले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूले भन्नुभएकै छ । नेतृत्व नयाँ पुस्तालाई दिऔं भनेर । तर, जब प्रधानमन्त्रीज्यूले यो कुरा गर्नुहुन्छ । उहाँहरु (दाहाल–नेपाल)ले घोसे मुन्टो लगाउनुहुन्छ ।’

यसैबीच पोखरेलले केही जंगली महत्वकांक्षा भएका नेकपा नेताहरुका कारण यो दूर्भाग्य आइपरेको बताएका छन् ।

प्रतिक्रिया