मूर्ति चोरेको अभियोगमा वडा सदस्य पक्राउ

चितवन । मूर्ति चोरेको अभियोगमा चितवनको रत्ननगरबाट वडा सदस्यसहित ३ जना पक्राउ परेका छन् । २७ किलोको बुद्धको मूर्ति चोरीमा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका १२ का वडा सदस्य ठूलोकान्छा तामाङसहित रत्ननगर १२ कै सुरज तामाङ र रत्ननगर ११ का रोजबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

पुस १६ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले शनिबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

उनीहरुले रत्ननगर १२ जिरौनाका जहारसिंह तामाङको घरमा लुकाएर राखिएको अवस्थामा अन्दाजी १०० वर्ष पुरानो पुरातात्विक महत्वको पित्तलको मूर्ति बरामद भएको ईलाका टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताए ।

उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

दोषी ठहर भए उनीहरुलाई  ५ देखि १५ बर्षसम्म कैद हुन सक्ने ईलाका टांडिका प्रहरी निरीक्षक प्रकाश शाहले बताए।

प्रतिक्रिया