शीर्ष स्थानको लिभरपुलसँग म्यानचेस्टर युनाइटेडले गर्‍यो अंक बराबरी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई पराजित गरेको छ । गएराती भएको खेलमा युनाइटेडले भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा एन्थोनी मार्सियल र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए । त्यस्तै भिल्लाका लागि बेरट्रान्डले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडले शिर्ष स्थानमा रहेको लिभरपुलसँग बराबरी गरेको छ । अब दुवै टिमको १६ खेलमा ३३-३३ अंक रहेको छ । गोल अन्तरका आधारमा लिभरपुल शीर्ष स्थानमा छ भने युनाइटेड दोस्रो स्थानमा रहेको छ । त्यस्तै एस्टन भिल्लाको भने १५ खेलमा २६ अंक रहेको छ र लिगमा छैठौ स्थानमा रहेको छ ।

गएराती नै भएको अर्को खेलमा वेस्टह्यामले एभर्टनलाई १-० गोल अन्तरले पराजित गरेको छ । यो हारपछि एभर्टनको १६ खेलमा २९ अंक छ भने लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै वेस्टह्यामको १७ खेलमा २६ अंक छ भने लिगमा १०औ स्थानमा रहेको छ ।

प्रतिक्रिया