पुष १८ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल पौष १८ गते । शनिबार । ईश्वी सन् २०२१ जनवरी ०२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–तृतीया,०४ घडी ५४ पला,बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–अश्लेषा,३३ घडी ५५ पला,बेलुकी ०८ बजेर ३१ मिनेट उप्रान्त मघा । योग–विष्कुम्भ,१४ घडी ३८ पला,दिउसो १२ बजेर ४८ मिनेट उप्रान्त प्रिती । करण–भद्रा,बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त बव,बेलुकी ०८ बजेर ३० मिनेट उप्रान्त बालव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कर्कट,बेलुकी ०८ बजेर ३१ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १९ मिनेट । दिनमान २५ घडी ५६ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ५७ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ५८ मिनेटदेखी बिहान ८ बजेर १४ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर १५ मिनेटदेखी बिहान ९ बजेर ३२ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर ३३ मिनेटदेखी बिहान १० बजेर ५० मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ५१ मिनेटदेखी मध्यान्ह १२ बजेर ०८ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर ०९ मिनेटदेखी दिउसो १ बजेर २६ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर २७ मिनेटदेखी दिउसो २ बजेर ४३ मिनेटसम्म अमृत बेला ।
दिउसो २ बजेर ४४ मिनेटदेखी बेलुकी ४ बजेर ०१ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ०२ मिनेटदेखी बेलुकी ७ बजेर ०१ मिनेटसम्म लाभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०९ बजेर ३२ मिनेटदेखी बिहान १० बजेर ५० मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक क्षेत्रमा आफुले उठान गरिएका बिषयबस्तुहरु अरुले नै दाबि गर्न सक्छन् ध्यान दिनुहोला । अन्यकाममा व्यास्त हुँदा खोज तथा अनुशन्धानको क्षेत्र कमजोर रहने तथा पढाइ लेखाइ बिग्रनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । तरपनि कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे लाभ लिन सकिनेछ । बित्तिय क्षेत्रबाट आम्दानी गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) न्यायिक निर्णयहरु तपाईंको पक्षमा फैसला नहुने हुँदा त्यस्ता विषयमा आज सामेल नहुँदा नै राम्रो रहेकोछ । आट तथा पराक्रम गर्न नसक्दा हातमा आईसकेको काम पनि अरुकै पोल्टोमा पर्नेछ । दाजुभाई तथा छिमेकीसँग मनमुटाव सिर्जना हुनेछ । व्यापारमा लगानी गर्नको लागी केही समय कुर्नु नै उत्तम हुनेछ । माया प्रेममा मनमुटाबको अवस्था सिर्जना नहोला भन्न सकिन्न । तरपनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बन्द व्यापारमा सुधारका संकेतहरु देखा पर्नेछन् भने नयाँ प्रकृतिको काम गरी आर्थिक अवस्था सुदृड पार्न सकिनेछ । आर्थिक अवस्था राम्रै रहने हुनाले कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ । ईष्ट मित्र तथा आफ्ना भन्नेहरुले सहयोग गर्नेछन् भने कुटुम्बसँगको सम्बन्ध राम्रो रहनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माटो तथा खनिज पदार्थ सम्बन्धी कामबाट लाभ लिन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिद्या तथा प्रतिस्पर्धामा विजय प्राप्त गर्न निकै समय खर्चनु पर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने सम्भावन रहेकोछ । गरेका काममा ढिलासुस्ती र अवरोधको सामना गर्नुपर्ने हुन सक्छ । श्रमको उचित प्रतिफल पाउन प्रतीक्षा गर्नुपर्ला । पारिवारिक समस्याले ज्ञान र बौद्धिकताका क्षेत्रमा समय दिन सकिने छैन । तरपनि व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्न सकिनेछ । अग्रज तथा जान्ने बुझ्ने मानिसको राय लिन राम्रो मानिन्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । माया प्रेममा धोका हुन सक्क सजग रहनु होला । मान सम्मान तथा इज्जत प्रतिष्ठा जोगाउन मुस्किल पर्नेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । तरपनि बैदेशिक क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसाय भने फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीबाट घाटा हुन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा समय दिएअनुशार आम्दानी कम हुनेछ भने आर्थिक रुपमा सुदृड हुन चालिएका कदमहरु बिचमा नै अवरुद्ध हुनेछन् । दाजुभाईसँगको मनमुटावको कारणले कामका बाधा तथा अवरोध हुनेछ । पैत्रिक सम्पती तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना घट्ना सक्छ । माया प्रेममा अबिश्वास बढेर जानेछ भने पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुःख दिन सक्छन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिय पनि आम्दानी कमै हुनेछ । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेकोछ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुष हुनेछ भने आफन्तहरु टाडिने हुँदा मन खिन्न रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) छोटो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आफन्त तथा परिवारका सदस्यहरु खुशि हुनेछन् । व्यावसायमा भनेजस्तो आम्दानी हुने हुनाले आर्थिक रुपमा सबल होईनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानीबाट सकारात्मक नतिजा आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिभिन्न समस्याहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ भने यहि बेलामा आफन्त तथा शुभचिन्तकहरु टाडिनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिदा पनि भनेजस्तो नतिजा हातलागी नहुँदा काम गर्ने जोस जागर हराएर जानेछ । बाहिरि वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । प्रेम प्रशङगमा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुनाले सम्यम भई अगाडी बढ्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने योग रहेकोछ । दैनिक उपभोग्य र औषधीजन्य व्यापारबाट प्रशस्त आम्दानी हुनेछ । भौतिक सम्पती र सवारी साधन प्राप्तिको योग रहेकोछ भने यात्रामा निस्कन सकिनेछ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । माया प्रेममा मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयको गति सँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बिनानै महत्वपूर्ण काम शुरु गर्दा बिग्रन सक्छ ध्यान दिनुहोला । खराब संगत तथा गलत सल्लाहले हुन लागेको काम पनि अरुकै हातमा जानेछ । दाम्पत्य जीवनमा सामान्य घटपट आउनेछ भने माया प्रेममा धोका हुन सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

मीन(दी,दू,थ ,झ,ञ,दे,दो,चा,ची) छोराछोरीको कामबाट मनमा सन्तोष हुनेछ । बौद्धिक क्रियाकलापमा मन जानेछ भने लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने योग रहेकोछ । प्राविधिक र सृजनात्मक कामबाट सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया