प्रदेशमा २ मा पनि प्रवेश गर्याे ‘केन्द्र किचलाे’ : ओली निकट संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव
२०७७ पुस १७ गते

काठमाडौं । सत्तारूढ नेकपाका प्रदेश २ काे संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउन अविश्वासकाे प्रस्ताव दर्ता भएकाे छ । नेता मण्डल प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् । उनीविरुद्ध नेपाल–दाहाल समूहका १७ जना सांसदहरूले शुक्रबार अविश्वासकाे प्रस्ताव दर्ता गराएका हुन् ।
नेता मण्डलविद्ध उक्त प्रस्तावमा ३२ जना नेकपा सांसदमा १७ जनाले हस्ताक्षर गरेका छन् । उनीविरुद्ध दाहाल–नेपाल समूहका नेता शत्रुधन महतोको अगुवाइमा रामकुमार यादवमार्फत अविश्वास प्रस्ताव दर्ता गराइएको हो ।
उनकाे ठाउँमा शत्रुधनलाई चयन गर्ने नेपाल-दाहाल समूहकाे तयारी ।
२०७७ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित








