पुष १७ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल पौष १७ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी ०१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–द्वितीया,०६ घडी ०३ पला,बिहान ०९ बजेर २२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–तिष्य,३४ घडी ०८ पला,बेलुकी ०८ बजेर ३६ मिनेट उप्रान्त अश्लेषा । योग–वैधृती,१८ घडी ४९ पला,दिउसो ०२ बजेर २८ मिनेट उप्रान्त विष्कुम्भ । करण–गर,बिहान ०९ बजेर २२ मिनेट उप्रान्त वणिज,बेलुकी ०९ बजेर १२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १८ मिनेट । दिनमान २५ घडी ५५ पला । सन् २०२१ आरम्भ ।

आजको बार बेला ।
बिहान ०६ बजेर ५६ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ५७ मिनेटदेखी बिहान ८ बजेर १४ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर १५ मिनेटदेखी बिहान ९ बजेर ३२ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर ३३ मिनेटदेखी बिहान १० बजेर ५० मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ५१ मिनेटदेखी मध्यान्ह १२ बजेर ०७ मिनेटसम्म शुभ बेला ।
मध्यान्ह १२ बजेर ०८ मिनेटदेखी दिउसो १ बजेर २५ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर २६ मिनेटदेखी दिउसो २ बजेर ४३ मिनेटसम्म उद्वेग बेला ।
दिउसो २ बजेर ४४ मिनेटदेखी बेलुकी ४ बजेर ०१ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर ०२ मिनेटदेखी बेलुकी ७ बजेर ०१ मिनेटसम्म रोग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान १० बजेर ४९ मिनेटदेखी दिउसो १२ बजेर ०७ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रत्येक काममा बाधाअडचन आउने तथा ढिलो गरी कार्यसम्पादन हुनेछ । आफूले भनेको कुरालाई विपरीत अर्थ लगाई आलोचना गर्न सक्छन् । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छन् ध्यान दिनुहोला । सामाजिक र परोपकारको क्षेत्रमा काम गर्न खोज्दा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नपर्ला । दाजुभाई तथा छिमेकिसँग बिवाद सिर्जना हुनेछ भने घरायसी कुरामा मनमुटाव बढ्नेछ । माया प्रेममा अबिस्वास बढ्ने तथा पति पत्नी बीच राय बाजिनेछ । बाहिरी वातावरणको ख्याल नगर्दा स्वास्थ्य सम्बन्धी समस्या बढ्ने सम्भावना रहेकोछ । पढ्ने लेख्ने वातावरण नहुँँदा अरु भन्दा पछि परिने चिन्ताले सताउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मनको डर उत्साहमा रूपान्तरित गरि देखिने काम गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र कुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ भने पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन गर्न सकिनेछ । नोकरिमा स्थानान्तरण वा बढुवा हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा प्रविधिको सहयोग लिदै निरन्तरता दिन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अवसर आए पनि तपाईँ आफ्नै कारणले काममा पछि परिनेछ । मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् ध्यान दिनुहोला । शुभ चिन्तकहरूले आफ्ना कमजोरी थाहा पाई आलोचना गर्न सक्छन् । स्वास्थ्यका लागि खानपान र वाहिरी वातावरणमा प्रति सचेत रहनुहोला । अनावश्यक भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने बाध्यता आउनेछ । छर–छिमेकमा असमझदारी बढ्नेछ । व्यवसायमा नाँफा कमाउन तथा लगानी बढाउन केहि समय पर्खर्नु होला । समय अनुकुल नहुनाले केही राम्रा अवसरहरु त्याग्नु पर्नेछ । उधारोमा व्यापार वा कारोबार नगर्नुहोला । यात्रा गर्दा ध्यान दिनुहोला कष्टपूर्ण नहोला भन्न सकिन्न । गलत व्यक्तिको विश्वास गर्दा धोका हुनेछ । फजुल खर्च बढ्नेछ भने रकम जोहो गर्न निकै दौडधुप गर्नुपर्ला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक काममा समय खर्च हुनेछ भने धार्मिक तथा सामाजिक क्षेत्रबाट सम्मानित भई मान सम्मानमा बृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोत पत्ता लगाउन सकिनेछ । पारिवारिक सुख मिल्ने तथा मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहना बमोजिम कार्य सम्पन्न गर्न सकिने छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बौद्धिक तथा आफुभन्दा ठुला व्याक्ती हरुसँग सैदान्तिक बिषयमा राय बाजिनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोले लगानि नबढाउनु नै उचित होला । अध्ययन अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिने निश्चित जस्तै छ । प्रेम प्रसङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहनु पर्नेछ भने कार्यक्षेत्रमा तपाईको निर्णयको आलोचना हुन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) रोकिएका तथा थाति रहेका कामहरु बन्नुका साथै आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । नोकरिमा बढुवा हुने तथा नयाँ काम पाउने अधिक सम्भावना रहेकोछ । अध्ययनमा मन जाने हुनाले खोज तथा अनुशन्धानको क्षेत्रमा नयाँ पनको बिकास गर्न सकिनेछ । व्यापार व्यावसायमा बढोत्तरिको योग रहेको छ भने माया प्रेममा आत्मियताको बृद्धि हुनेछ । तरपनि काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घरपरिवारमा मानसिक तनाव, व्यापारमा घाटा, अध्ययनमा अनावश्यक बाधा अवरोध र काममा अपजस व्यहोर्नु पर्ने समय रहेकोछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला,यात्रा घातक बन्न सक्छ । सामाजिक र परोपकारका क्षेत्रमा काम गर्न खोज्दा अवरोध हुनेछ । स्वास्थ्यप्रति समेत सचेत रहनु होला । अनावश्यक यात्रा नगर्नु नै आजको लागि राम्रो रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । आफन्तबाट सुनिने सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने सकिनेछ भने दैनिक उपभोग्य बस्तु तथा औषधीजन्य सामानको व्यापारमा वृद्धि हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने योग रहेकोछ । तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप नै सहयोगी जुट्ने छन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सत्रु लाग्नेछन् भने तथा न्यायिक निर्णहरु तपाईँको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनु होला । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । स्वास्थ सम्बन्धी समस्या आउने हुँदा दैनिक कामकाज प्रभावित हुनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने हुनाले लगानि बढाउन केहि समय पर्ख र हेरको रणनिति अपनाउदा राम्रो हुनेछ ।

मीन(दी,दू,थ ,झ,ञ,दे,दो,चा,ची) आकस्मिक धन,सम्पती लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईंकै पोल्टोमा पर्नेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया