सभामुख सापकाेटा भन्छन्- संसद विघटनकाे अधिकार प्रधानमन्त्रीलाई छैन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकाेटाले संसद विघटनकाे अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभएकाे बताएका छन् । विभिन्न दलआबद्ध महिला सांसदहरूको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकाेटाले यस्ताे बताएका हुन् ।

सर्वाेच्च अदालतमा पनि त्यही अनुसारकाे प्रत्युत्तर दिने तथा संविधानकाे रक्षाका लागि कसरी भूमिका खेल्ने भन्नेबारे बृहत् छलफल भइरहेकाे पनितयारीमा रहेकाे पनि उनले जानकारी दिए ।

उनले भने, ‘हाम्रो संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन । म अदालतमा पनि त्यही अनुसारको प्रतिउत्तर दिँदैछु ।’

प्रधानमन्त्रीले संसद विघटन गरेपछि अहिले सर्वत्र विराेध भइरहेकाे छ ।

प्रतिक्रिया