सलमानको ‘राधे’ लाई जि स्टुडियोले लियो २ सय ३० करोडमा

एजेन्सी । बलिउडका सुपरस्टार अभिनेता सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘राधे’ अर्को बर्षको इदमा रिलिज हुने भनिएको छ । कोरोना महामारीका कारण भारतमा लकडाउन भएपछि सो चलचित्र यस बर्ष रिलिज हुन सकेन ।

उक्त चलचित्रलाई प्रभुदेवाले निर्देशन गरेका हुन् । सिनेमाको हाल पोष्ट प्रोडक्शनको काम अन्तिम चरणमा रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ । चलचित्रको कुनै पनि प्रचार सामाग्री सार्वजनिक राधेलाई जी स्टूडियोले महंगो रकममा किनेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार चलचित्रलाई जी स्टुडियोले २ सय ३० करोडमा किनेको हो । चलचित्रको भारत र ओभरजि राइट्ससँगै सेटलाइट्स राइट्स पनि यसमा आवद्ध रहेको छ । कोरोना महामारीका बीच पनि जी स्टुडियोले सलमानको चलचित्रलाई धेरै ठुलो रकम खर्च गरेको छ ।

उक्त चलचित्रमा सलमानसँगै अभिनेत्री दिशा पटानी रणदीप हुड्डा, ज्याकी श्राफलगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।

सलमानको चलचित्रको डिजिटल र सेटलाइट्समा धेरै माग हुने गर्दछ । जसका कारण जि स्टुडियोले महंगो रकम तिर्दा पनि लगानी सजिलै उठ्ने विश्वास रहेको भारतिय सञ्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया