प्रचण्डलाई इंगित गर्दै ओलीले भने- ‘बाँदरकाे माया लागेर घरमा ल्याएको, घरै भत्कायो’

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टी विभाजनको अवस्थामा पुगेको आरोप लगाएका छन् ।

आज (बुधबार) काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रम ओलीले यस्तो धारणा राखेका हुन् । सभामा उनले प्रचण्डलाई इंगित गर्दै भने– ‘बाँदरलाई रुखको हाँङ्गोमा देखेर माया लागेर घरमा ल्याएको, घरै भत्कायो ।’

यस्तै प्रम ओलीले आफ्नो समूह आधिकारिक भएकाे भन्दै आफू कमाउन नभइ काम गर्नका लागि सरकारमा जान चाहेकाे दाबी गरे । यद्यपी दुवै पक्षले यी धारणा राख्दै आएका छन् ।

नेपाल-दाहाल समूहले पनि आफू आधिकारिक भएकाे बताउँदै आएकाे छ । दुवै पक्षले वैशाखपछि अर्काे समूह पत्तासाफ हुने दाबी गरिरहेका छन् । यस्तै दुवै पक्षका नेता/कार्यकर्ताहरू एक अर्काकाे विराेधमा सडकमा उत्रिरहेका छन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भएको हो ।

प्रतिक्रिया