बाटो बिराएर दाहाल-नेपालतिर नजाऔं : मन्त्री गौरिशंकर चौधरी
२०७७ पुस १५ गते

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गाैरीशंकर चाैधरीले बाटाे बिराएर दाहाल-नेपाल समूहमा नजान नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
बुधबार आयोजित ओली निकट भेलालाई सम्बोधन गर्दै मन्त्री चाैधरीले यस्ताे बताएका हुन् । ‘आज म भन्न चाहन्छु, जो दाहाल-नेपाल पक्षमा लाग्नुभएको छ । आउनुस् यता, हामी आधिकारिक हौँ,’ उनले भने, ‘हामी वैधानिक हाैँ बाटो बिराएर नबरालिनुस् । आजै बाटो बिराइयो भने भोलि कहीँ पुगिँदैन ।’
भेला बानेश्वरकाे कार्की बैंक्वेटमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुँदैछन् ।
२०७७ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








