ओलीले एकैचोटी तीन पूर्वप्रधानमन्त्रीलाई सडकमा पुर्याए : नेता सहदेव बोगटी
२०७७ पुस १५ गते

काठमाडाैं । नेकपा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीकाे समूहमा रहेका नेकपा नेता सहदेव बोगटीले ओलीले एकैचोटी तीन पूर्वप्रधानमन्त्रीलाई सडकमा पुर्याएकाे बताएका छन् ।
पछिल्लाे केही दिनयता लगातार दाहाल-नेपाल सडकमा आएर ओलीकाे विराेधमा नारा लगाउन थालेकाे प्रसंगमा नेता बाेगटीले यस्ताे बताएका हुन् । बुधबार काठमाडाैंमा आयोजित वृहत् कार्यकर्ता भेलामा नेता बाेगटीले ओलीको कमजाेर स्वास्थलाई ख्याल गर्दै प्रचण्डले पार्टी एकता गरेकाे आरोप समेत लगाए ।
यस्तै नेता बोगटीले ३०/३५औं वर्ष प्रचण्डको पक्षमा रहेका नेताहरु ओली पक्षमा आउनुले ओली ठीक हुन् भन्ने पुष्टि हुने बताए ।
अहिले बानेश्वरकाे कार्की बैंक्वेटमा ओली कार्यकर्ता भेला जारी छ । उक्त भेलामा प्रधानमन्त्री समेत उपस्थित हुनेछन् ।
२०७७ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








