‘प्रचण्ड तेरो पाराले दुःख पाए साराले’ भन्दै केपी ओलीका समर्थक सडकमा (फाेटाेफिचर)

काठमाडाैं । राजधानीकाे बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ । नेपाल-दाहाल समूहका विराेधी तथा ओलीका समर्थक विद्यार्थी संगठन अनेरास्ववियुले आज (बुधबार) मध्याह्नमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले जनताको बहुदलीय जनवाद जिन्दावाद, प्रचण्ड तेरो पाराले दुःख पाए साराले, केपी ओली हाइहाइ अरु सबै बाइबाइ, केपी ओली जिन्दावाद लगायतको नारा लगाइरहेका छन् ।

नीहरू प्रदर्शन गर्दै कार्की बैंङ्क्वेटमा पुग्नेछन् । त्यहाँ आज भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री स्वयम् आफैँ उपस्थित हुँदैछन् । प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया