मिस यूनिभर्स नेपालको क्राउन भयो सार्वजनिक

काठमाडाैं । मिस यूनिभर्स नेपालको क्राउन सार्वजनिक गरिएकाे छ ।

मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालको यही पुुस १३ गते मेरिएट होटोलमा भएको एक भव्य समारोहमा मिस यूनिभर्स नेपालको शानदार क्राउन पहिलो पटक सार्वजनिक गरिएकाे हाे ।

सुवेक्षा खड्काद्वारा संचालित उक्त समारोहमा सर्वप्रथम क्राउन बनाउने प्रक्रीयाको रोमाञ्चक भिडियो देखाइयो, जुन आफैँमा प्रशंसनीय थियो । त्यस पश्चात् उत्कृष्ट १८ का साथै विभिन्न क्षेत्रका विशिष्ट अतिथि, प्रायोजक र निर्णायकहरुको उपस्थितिमा अपला ज्वेल्सद्वारा निर्मित एवं प्रायोजित मिस यूनिभर्स नेपालको शानदार क्राउन सार्वजनिक गरियो ।

यस मिस यूनिभर्स नेपालका विजेताले १० लाख नगद उपहार प्राप्त गर्ने छन्, जुन नेपाली सौन्दर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि हो । यसका साथै विजेताले १५ लाख मूल्यको शानदार क्राउन पनि आफ्नो घर लग्ने सौभाग्य पाउने छन् ।

मिस यूनिभर्स नेपालमा उत्कृष्ट प्रदर्शन गर्नका लागि उत्कृष्ट १८ गत बिहीबारदेखि नै मेरिएट होटेलमा क्लोज क्याम्पमा बसिहेका छन् । मिस यूनिभर्स नेपालको ग्राण्ड फिनाले भने यही पुस १५ गते हुनेछ ।

प्रतिक्रिया