सुदूरपश्चिमका मुख्यमन्त्रीले बर्खास्त गरे भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले त्यहाँका भाैतिक पूर्वाधार विकास मन्त्रीलाई बर्खास्त गरेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । बाेहरा प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन् ।

प्रधानमन्त्रीले संसद विघटन गरेपछि नेकपा विभाजन भएकाे छ । याे अवस्थामा नेपाल-दाहाल समूहका मुख्यमन्त्री भट्टले उनलाई पदमुक्त गरेका हुन् । सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री बाेहरा २०७४ फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया