२१ दिनभित्र उखु किसानलाई भुक्तानी दिने सहमति, आन्दोलन स्थगित
मकालु खबर
२०७७ पुस १३ गते
काठमाडौं । आन्दोलनरत उखु किसान र सरकारबीच ४ बुँदे सहमति भएको छ । योसँगै किसानहरुले आन्दोलन स्थगित गरेका छन् ।
सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाका अनुसार उक्त सन्दर्भको सहमति भएको हो ।
चार बुँदे सहमतिपछि काठमाडौंमा जारी आन्दोलन स्थगन गर्न किसान प्रतिनिधि तयार भएका छन् ।
उनका अनुसार किसानको बक्यौता रकम २१ दिनभित्र उद्योगीबाट दिलाउन मन्त्रालयले पहल गर्ने र त्यो पनि सम्भव नभए कानूनी प्रक्रिया अघि बढाउने गरी सहमति भएको हो ।
मकालु खबर
२०७७ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित