नेकपाकाे दुई तिहाईका कारण अदालत डरायाे : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे बाेल्दै नेकपाकाे दुई तिहाईका कारण अदालत डराएकाे बताएका छन् ।

साेमबार काठमाडाैंमा आयोजित विरोध प्रदर्शनका क्रममा उनले अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने समेत बताए ।

सभापति देउवाले विराेध कार्यक्रममा भने, ‘कम्युनिस्ट सरकारकाे दुई तिहाइका कारण अदालत केही डराएको जस्ताे देखिएकाे छ । तर हाम्रो इच्छाविरुद्ध होस् कि इच्छाअनुसार होस्, अदालतको निर्णय मान्छौँ ।’

उनले उक्त विषय अदालतमा विचाराधीन भएकाे भन्दै उनले धम्क्याएर, तर्साएर आफूहरुले निर्णयका लागि दबाब नदिने उनकाे भनाइ छ । कांग्रेसले संसद विघटनविरुद्ध आज देशैभर प्रदर्शन गरिरहेकाे छ ।

प्रतिक्रिया