अदालतको निर्णय स्वीकार्य : शेखर कोइराला
२०७७ पुस १३ गते

नेकाका नेता डा. शेखर कोइराला। फाइल फोटो
मोरङ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले संसद् विघटनको विरोधमा आज र्याली र कोणसभाको आयोजना गरेको छ ।
वीरेन्द्र सभागृहबाट निकालिएको र्याली नगरपरिक्रमा पश्चात् जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थियो । सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतको निर्णय स्वीकार्य हुने बताए ।
उनले कांग्रेस वामपन्थीसँग सहकार्य गरी सरकारमा सहभागी नहुने प्रष्ट पार्दै एक्लै निर्वाचनको तयारीका लागि पालिकास्तरमा विरोधसभा गर्नुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य डा. कोइरालाले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सवल बनाउने जिम्मेवारी नेकाको काँधमा आएको पनि बताए । रासस
२०७७ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








