अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस ईकाई समितीद्वारा ३ बुँदे मागपत्र पेश

  •  भरतराज शर्मा (गोपाल)

सुनसरी । विद्यार्थीको हकहित र अधिकार प्राप्ति तथा शैक्षिक समानता निर्माणमा अग्रणी भूमिका खेल्दै आइरहेको अनेरास्ववियू विद्यार्थी संगठन महेन्द्र बहुमुखी क्याम्पस ईकाई समितिले विभिन्न मागहरु राखेका छन् ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको चपेटामा शैक्षिक संस्था लगायतका सम्पूर्ण गतिविधि परेको भन्दै वि.सं २०७६ चैत्र ११ देखि आजका दिनसम्म आइपुग्दा पनि क्याम्पसकाे शैक्षिक गतिविधि भौतिक रुपमा ठप्प रहि आएको र परीक्षा तालिकाहरु सार्वजनिक भइसकेको अवस्थमा पनि क्याम्पसले आफ्ना शैक्षिक गतिविधि नबढाएको भन्दै ती विद्यार्थी संगठनले विभिन्न मागहरु क्याम्पस समक्ष राखेको अनेरास्वयुका ईकाई संयाेजक रबिन श्रेष्ठले जानकारी दिए ।

संगठनले क्याम्पस समक्ष राखेका ३ बुदे मागहरुमा लकडाउन र संक्रमणको त्रासले त्।ग्। को सूचना बमोजिम महेन्द्र बहुमुखी क्याम्पस पनि २०७६ चैत्र १ देखि यता शैक्षिक गतिविधिहरु भौतिक रुपमा अध्ययन अध्यापन पूर्ण रुपले बन्द रहेको हुँदा यस अवधि भरको शुल्क क्याम्पस र विद्यार्थी दुवैलाई भार नपर्ने गरी ३ दिनभित्रमा समायोजन गर्नुपर्ने, लामो समय क्याम्पस बन्द रहेको हुँदा पुनः क्याम्पस सञ्चालन हुनु अगावै पुस्तकालय, प्रयोगशाला, विद्युतीय उपकरण जस्ता कुराहरुको व्यवस्थापन, मर्मत सम्भार तथा सरसफाईमा ध्यान दिनुपर्ने उनीहरूकाे माग छ ।

यस्तै उनीहरूले बि.सं. २०७७ पुस १२ गते यस क्याम्पसले कक्षा सञ्चालन सम्बन्धी सूचना निकालेको र २०७७ पुस १६ गतेदेखि कक्षा सञ्चालन गर्ने भएको हुँदा भौतिक रुपमा उपस्थितमा हुने कक्षा सञ्चालनमा स्वास्थ्य मापदण्ड क्याम्पसले कडाईका साथ लागु गर्नुपर्ने र स्वास्थ्य मापदण्डमा कुनै पनि कमी कमजोरी हुन नदिई विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर हुन नदिन क्याम्पसको ध्यानाकर्षण गर्नुका गराईएको छ भने बिद्यार्थीहरुको यस मागपत्रलाई वेवास्ता गरिए यसबाट उत्पन्न परिस्थितिको क्याम्पस प्रशासन नै जिम्मेवारी हुनुपर्नेअनेरास्ववियुले चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया