प्रचण्डको विश्वास-‘ओलीतिर गएका साथीहरू बैशाखमा मतिर आउँछन्’

काठमाडाैं । सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकाे समर्थनमा रहेका नेता/कार्यकर्ताहरू पनि बैशाखसम्ममा आफ्नै समूहमा आउने विश्वास व्यक्त गरेका छन् ।

जनसंगठनको कार्यालय पेरिसडाँडामा आफूनिकटको भेलामा उनले यस्ताे बताएका हुन् । यस्तै उनले सदन जीवितै रहेको पनि बताए । उनले भने, ‘प्रतिनिधि सभा जीवितै छ, विघटन भएको त ओली सरकार हो ।’

केही दिनअघि (पुष ५ गते) नेकपा अध्यक्ष समेत रहेका प्रम ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव गर्ने तयारी भएको भन्दै संसद विघटन गरेका थिए । संसद विघटनसँगै मध्यावधि निर्वाचन वैशाख १७ र २७ मा गर्ने निर्णय समेत भएकाे थियाे ।

संसद विघटन गरेसँगै अहिले नेकपा नेकपा ओली र माधव कुमार नेपाल–दाहाल पक्षमा विभाजित भएको छ । केही दिन अघि ओलीको कदमविरुद्ध नेपाल–दाहाल पक्षले सडकमा प्रदर्शन समेत गरेको थियो ।

आज कांग्रेसले पनि ओलीको असंवैधानिक कदमविरुद्ध देशैभर प्रदर्शन गरिरहेको छ ।

प्रतिक्रिया