प्रधानमन्त्री ओलीले नै कमिसन खोरहरुको संरक्षण गरेका छन् – प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले भ्रष्टाचारी तथा कमिसनखाेरहरूकाे प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसले साेमबार सरकारविरुद्ध काठमाडौं क्षेत्र नम्बर–१ मा गरेकाे विराेध प्रदर्शनकाे सभालाई सम्बोधन गर्दै नेता सिंहले सुनकान्डका दोषी लुकाएकोदेखि महामारीमा औषधि किन्दासमेत कमिसन खाएको तथा भ्रष्टाचारीहरूकाे संरक्षण प्रधानमन्त्रीले नै गरेकाे आरोप लगाएका हुन् ।

यस्तै उनले ओली सरकारले नैतिक, राजनीतिक र वैधानिक हैसियत गुमाएपछि संसद् नै विघटन गरेर आफू शासनमा बस्न खोजेको आरोप समेत लगाए । जनप्रतिनिधिको विश्वास लिन नसक्ने प्रधानमन्त्रीसँग संसद् विघटनको हैसियत नरहेकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया