फेरि उकालाे लाग्याे सुनकाे मूल्य (मूल्यसहित)
२०७७ पुस १३ गते

काठमाडौं । आज (सोमबार) सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रबार र आइतबार स्थिर रहेको छापावाला सुनको मूल्य आज ७ सयले बढेर ९४ हजार ९ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
छापावाला सुन आइतबार ९४ हजार २ सयमा काराेबार भएकाे थियाे ।
यस्तै आज तेजाबी सुनकाे मूल्य पनि ७ सयले वृद्धि भएकाे छ । आइतबार ९३ हजार ७ सयमा काराेबार भइरहेकाे तेजाबी सुनकाे मूल्य आज बढेर ९४ हजार ४ सयमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।
चाँदीकाे मूल्य आज १ हजार ३१५ ताेकिएकाे छ ।
२०७७ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








