‘ओलीलाई असारमै ठेगान नलगाउँदा दाहाल–नेपाल सडकमा बस्नुपर्‍यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत असारमै ठेगान नलगाउँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपला सडकमा बस्नुपरेको बताएका छन् ।

आइतबार जसपाद्वारा आयोजित जुलुसलाई रत्नपार्कको शान्ति बाटिकामा सम्बोधन गरेका अध्यक्ष भट्टराईले ओलीलाई भष्मासुरको संज्ञा दिँदै गत असारमै ठेगान नलगाउँदा अहिलेको संकट आइलागेको बताएका हुन् ।

सम्बोधनका क्रममा अध्यक्ष भट्टराईले भनेका छन्, ‘यो भष्मासुर हो । यसले हात राखेपछि महादेव पनि भष्म हुनुपर्छ, ओली भष्मासुर हुन् । असारमै ठेगाउन लगाउनुस् भन्यौँ तर उहाँहरुले मान्नुभएन् । अहिले उहाँहरु सडकमा बस्न आइपुग्नुभएको छ ।’

यस्तै अध्यक्ष भट्टराईले ओलीले विसं २०१७ सालको इतिहास दोहोर्याएको समेत बताएका छन् । ‘१५ सालमा बनेको संविधान राजा महेन्द्रले स्वीकार गरे । त्यसमै टेकेर १७ सालमा संसद विघटन गरे । जसका कारण ३० बर्ष लडाइँ गर्नुपर्यो । ५९ सालमा उनकै छोरा राजा ज्ञानेन्द्रले पनि त्यसै गरे । अहिले ओलीले पनि त्यसै गरेर इतिहास दोहोर्याएका छन् ।’

प्रतिक्रिया