कडा सुरक्षाका बिच नेपाल आइपुगे चिनियाँ नेकपाकाे अन्तर्राष्ट्रिय विभागका उपमन्त्री

काठमाडाैं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं आइपुगेकाे छ । नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी चीनका नेताको टोली आजदेखि नेपालको भ्रमणमा आएका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोली भर्खरै काठमाडाैं ओर्लिएका हुन् । टाेलीकाे आवागमनको समय विमानस्थलको सुरक्षा कडा पारिनुका साथै सरसफाइ समेत गरिएको थियो ।

झण्डै दुई तिहाइको सरकार चलाएको नेपाल कम्युनिष्ट पार्टीले संसद् विघटन गर्नुका साथै पार्टीमा विभाजन आएपछि उत्पन्न परिस्थितिबारे बुझ्न सो टोली नेपाल आउने अनुमान गरिएको छ । उक्त टोलीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका दुवै खेमाको नेतृत्व र कांग्रेसका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ  ।

यद्यपी, भेटवार्ताको कार्यतालिका शनिबारसम्म सार्वजनिक भएको छैन  ।

प्रतिक्रिया