नवनियुक्त ऊर्जामन्त्री भन्छन्- एमसीसी सम्झौता लागू गर्नुपर्छ
२०७७ पुस १२ गते

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झाैता नेपालको पक्षमा रहेको भन्दै उक्त सम्झाैता लागू गर्नुपर्ने बताएका छन् ।
आज (आइतबार) पदभार ग्रहणका क्रममा उनले यस्ताे बताएका हुन् । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भनिन्- ‘एमसीसी सम्झाैता नेपालकाे हितमा छ । देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन पनि सकिन्छ, हुबहु लागु गर्नुपर्ने भन्ने हुँदैन । तर यसलाई लागू चाहीँ गर्नुपर्छ ।’
२०७७ पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित








