मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बो रहेका छन् भने समर्थक लक्षमण तिवारी छन् । प्रस्तावमा ३६ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड-माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको बताइन्छ । प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् ।

यसअघि आजै बिहान प्रचण्ड–नेपाल पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री राईले शनिबार साँझ दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए ।

  • सम्बन्धित समाचार

-प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै
-मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासकाे प्रस्ताव ल्याइने
-प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पदमुक्त

प्रतिक्रिया