मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासकाे प्रस्ताव ल्याइने

काठमाडौं । प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तीव्र तयारी गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रीबाट हटाइएका इन्द्रबहादुर आङबोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको हो ।

पदबाट हटाइएका आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको प्रतिक्रिया दिएका छन् । उनले अब आफ्नो अगुवाईमा अविश्वासको प्रस्ताव आजै मध्यान्नसम्ममा दर्ता गर्ने तयारी भइरहेको मकालु खबरलाई जानकारी दिए । ‘एक दिन पर्खिएको भए म आफैं राजीनामा दिने तयारीमा थिएँ,’ आङ्बोले भने, ‘जे भयो, ठीकै भयो । अब अविश्वासको प्रस्तावमा प्रस्तावक समर्थक बन्न पाउने भएँ ।’

पार्टीको केन्द्रीय नीतिअनुसार नै प्रदेश १ सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको नेकपा दाहाल-नेपाल समूहको भनाई छ । पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड-नेपाल समूहमा छन् । मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिन्छन् ।

प्रतिक्रिया