धोबीखोला पुलबाट मोटरसाइकल खस्दा एकको मृत्यु

काठमाडौं । काठमाडौंको चाबहिल गोपीकृष्ण हल नजिकैको पुलबाट खसेर एक जनाको मृत्यु भएको । बा २६ प ४०२१ नम्बरको मोटरसाइकलका चालक सिन्धुली घर भएका २७ वर्षका लोकनारायण श्रेष्ठको पुलबाट खसेर मृत्यु भएको हो ।

गुडिरहेको मोटरसाइकल राति पुलबाट धोबीखोलामा खसेको थियो । गम्भीर घाइते भएका श्रेष्ठको नेपाल–भारत अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया