ट्याक्टरबाट खसेर चितवनमा एकको मृत्यु
२०७७ पुस १२ गते

फाइल फोटो
चितवन । गुडिरहेको ट्याक्टरबाट खसेर पूर्वी चितवनको राप्तीमा एक जना पुरुषको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत राप्ती–५ हर्दिमा पुर्वतर्फ जाँदै गरेको ना १ त ७६७९ नंम्बरको ट्याक्टरबाट अचानक खस्दा खैरहनी-१० बस्ने बर्ष करिब ४५ को भाहडी महतोको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार ट्याक्टरबाट खसेर गम्भिर घाइते भएका महतोको उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२०७७ पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित









