निफद्वारा तीन दिने अधिकार प्रतिरक्षक अभियन्ता तालिम सम्पन्न

काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)ले तीन दिने आदिवासी अधिकार प्रतिरक्षक अभियन्ता तालिम सम्पन्न गरेको छ ।

काठमाडौंको ठमेलस्थित होटल मर्स्याङ्दीमा सम्पन्न तालिम यूरोपियन कमिसन (इयू)को सहयोगमा देशका विभिन्न क्षेत्रका आदिवासी जनजातिहरुका वासस्थान , भेषभूषा, भाषा, संस्कृति, प्राकृतिक स्रोत/साधनका रक्षा गर्न आधारभूत मानव र भूमि अधिकारका साथै राष्ट्रिय–अन्तर्राष्ट्रिय कानूनका बारेमा जनचेतना दिने उद्देश्यका साथ गरिएको संघकी अध्यक्ष चिनीमाया  माझीले जानकारी दिइन् ।

डा. कृष्ण भट्टचन, भीम राईलगायतका जानकारहरुले गरेको प्रशिक्षणमा विभिन्न प्रोजेक्ट साइटका महिलाहरुको सहभागिता रहेको थियो । अरुण थर, शब्दकोशी उच्च बाँध, उदयपुर सिमेन्ट फ्याक्ट्री, चितवन राष्ट्रिय निकुञ्ज, मेलम्ची खानेपानी आयोजनालगायतका प्रोजेक्ट साइटबाट करिब ३८ भन्दा बढी महिलाहरुको सहभागिता रहेको अध्यक्ष माझीले बताइन् ।

संखुवासभा, सुनसरी, धनकुटा, उदयपुर, चिवतवन, नवलपुर र सिन्धुपाल्चोकका आदिवासी महिलाहरुको सहभागिता रहेको उक्त प्रशिक्षणले आउँदा दिनहरुमा सकारात्मक सन्देश प्रवाह गर्ने निफले विश्वास गरेको छ ।

Related News:–
–‘लैंगिक हिंसा, सामाजिक मान्यता र निफ’
–निफको भर्च्यूअल कार्यक्रम : लैंगिक समानताका लागि आ–आफ्नो स्तरबाट उठ्नुपर्ने निष्कर्ष

प्रतिक्रिया