निफको भर्च्यूअल कार्यक्रम : लैंगिक समानताका लागि आ–आफ्नो स्तरबाट उठ्नुपर्ने निष्कर्ष

काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आयोजनामा ‘कोभिड १९ मा आदिवासी जनजाति महिला हिंसाविरुद्ध राष्ट्रिय परामर्श’ विषयक भर्च्यूअल कार्यक्रम सम्पन्न भएको छ ।

‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ बिहीबार भर्च्यूअल्ली रुपमा सम्पन्न भएको कार्यक्रममा कोभिड १९ मा आदिवासी जनताति महिलामाथि भएको हिंसात्मक घटना र त्यसको समीक्षा गरिएको दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

महासंघकी संस्थापक अध्यक्ष स्टेला तामाङ र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाद्वारा प्रस्तुत कार्यपत्रले सारमा आदिवासी जनजाति (खासगरी महिला)माथिको हिंसा तथ्यांकीय रुपमा प्रष्ट नदेखिए पनि कहीँ न कहीँ यो विद्यमान नै रहेको शिक्षा दिएको थियो । तत्पश्चात् लैंगिक हिसां अन्त्य गर्नको लागि आ–आफ्नो स्तरबाट जाग्नुपर्ने निष्कर्ष निकालिएको थियो ।

एशिया इन्डिजिनियस् पिपल्स् प्याक्ट्को सहयोगमा निफले यसअघि पनि भौतिक उपस्थितिमै सोही प्रकृतिका कार्यक्रम सम्पन्न गरेको थियो । निफकी महासचिव शान्ति देवानले दिएको जानकारीअनुसार एक पटक भौतिक उपस्थिति र एक पटक भर्च्यूअल्ली रुपमा कार्यक्रम गर्नुपर्ने सम्झौताअनुरुप दुई कार्यक्रम सम्पन्न गरिएको हो । उनका अनुसार संघले अझै यस्ता कार्यक्रमहरु गर्दै जानेछ ।

प्रतिक्रिया