छक्कबहादुरले ओलीलाई पारे ‘छक्क’ : उभिए दाहाल–नेपाल कित्तामा

काठमाडौं । सांसद छक्कबहादुर लामाले केपी शर्मा ओली नेतृत्वको नेकपा परित्याग गरेका छन् । सदा ओलीको कित्तामा देखिँदै आएका सांसद लामाले शनिबार एक नोट लेख्दै आफू दाहाल–नेपाल नेतृत्वको नेकपमा सामेल भएको जानकारी दिएका छन् ।

ओली नेतृत्वको नेकपाले केन्द्रीय सदस्य विस्तारका क्रममा लामालाई केन्द्रीय सदस्य बनाएको थियो । उनले जिल्लाका कार्यकर्ताको आग्रहमा आफूले ओली नेतृत्वको नेकपालाई छाडेको उल्लेख गरेका छन् ।

सांसद लामाले भनेका छन्, ‘आमा हुम्लाबासी जनता कार्यर्ताको सल्लाह सुझाव र भावनलाई सम्बोधन गरी नेकपा (ओली) नेतृत्वको केन्द्रीय आयोजक सदस्यको पदलाई परित्याग गरी नेकपा (प्रचण्ड–नेपाल) पार्टी संगठनमा यथावत् रहेको विश्वास दिलाउँदै बाहिर आएको हल्लाको भ्रममा नपर्न सम्पूर्ण पार्टी कार्यकर्ता र हुम्लीबासी जनतालाई विचलित नभइ प्रचण्ड–नेपालको मूल पार्टीमा एकताबद्ध भएर बस्न अनुरोध गर्दछु ।’

प्रतिक्रिया