प्रधानमन्त्रीविरुद्ध धरानमा प्रदर्शन
२०७७ पुस १० गते

- भरतराज शर्मा (गोपाल)
सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तथा अलाेकतान्त्रिक कदम चालेकाे भन्दै नेकपाकै विद्यार्थी संगठन अनेरास्ववियु तथा जनवर्गिय संगठनहरुका मोर्चाले सुनसरीको धरानमा विराेध प्रदर्शन गरेको छ ।
आज शुक्रबार धरान-२ स्थित पार्टी कार्यालयमा छलफल तथा बैठक गरी आजै पार्टी कार्यालयदेखि धरानको भानुचौकसम्म पर्दशन गर्नुका साथै कोण सभा गरेको हो । विरोध सभामा पार्टीका विभिन्न तहका नेताहरुले सरकारले चालेको असंवैधानिक कदम तत्काल फिर्ता लिन माग गरेका छन् ।
त्यस्तै जनता समाजवादी पार्टीले पनि आजै विरोध प्रदर्शन गरेको छ । धरानस्थित पार्टी कार्याबाट सुरु भएको विरोध प्रदर्शन भानुचौकमा पुगि कोण सभामा परिणत भएको थियो । सोही कोण सभामा प्रम ओलीको पोस्टर समेत जलाएका छन् ।
२०७७ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








