९३ जना सडक मानव तथा बालबालिकाकाे उद्दार

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । सुनसरीका सडक मानव तथा बालबालिकाहरुलाई प्रदेश १ सरकारले उद्दार गरेर सम्बन्धित संघ संस्थालाई जिम्मा लगाएको छ ।

प्रदेश १ को सडकहरुलाई सडक मानव मुक्त बनाउने अभियान अन्तर्गत प्रदेश सरकारले सडकबाट ती मानिसहरुलाई उद्दार गरेको थियोे । समाजिक विकास मन्त्रालयको संयोजनमा सहयोगापेक्षी सडक मानवहरुलाई उद्दार अभियान अन्तर्गत आज शुक्रबार सुनसरीका ९३ जनालाई प्रदेश सरकारले उद्दार गरेको हाे ।


धरानबाट ६३ जना र ईटहरीबाट ३० जनाकाे उद्दार गरिएकाे हाे । धरान र इटहरी उपमहानगरपालिकाले एक कार्यक्रमका बीच ती मानिसहरुलाई प्रदेश सरकार समक्ष हस्तान्तरण गरेका हुन् । स्थानीय सरकारले हस्तान्तरण गरेको ९३ जना सडक मानवहरुलाई सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको उपस्थितिमा मानवसेवा आश्रमलाई जिम्मा लगाईको छ भने यसबाहेक थप १३ जनालाई धरानबाट उद्दार गरिएको

सडक बालबालिकाहरुलाई पनि काठमाडौको बालबालिका खोजतलास केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

धरानमा लांघाली वन उपभोक्ता समुहको आवास गृहमा हाल माया घर नेपाल इटहरीले सडक मानवहरुको रेखदेख गरिरहेको थियो । धरान उपमहानगरपालिकाले लकडाउनको बेला सडकबाट उद्दार गरेर त्यहाँ राखेको थियो भने लामो समय उपमहानगरले नै हेर्दै आएको सडक मानवहरुलाई पछि माया घरको जिम्मा लगाएको थियो ।

सडकमा आश्रित मानवरहित राजमार्ग बनाउने संघीय सरकारको नीति अनुसार प्रदेश सरकारले स्थानिय सरकार र सम्बन्धित संस्थाहरुसँग सहकार्य गरेर यो अभियान संचालन गरिएको राज्यमन्त्री गजमेरले बताएकी छिन् ।

यता धरानका मेयर तिलक राईले धरान मनकारीहरुको शहर भएकैले सडकमा आश्रितहरुको संख्या बढि भएको हुनसक्ने धारणा व्यक्त गरेका थिए । सडकमा बाध्यता वा रहरले आश्रित भएकाहरुको वर्गीकरण गरेर मानव सेवा आश्रमले सेवा प्रदान गर्न र सीपमुलक तालिम दिएर पुर्नस्थापना गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया