यायोख्खाको कुल धामीद्वारा ‘साकेला साहित्य महोत्सव’को उद्घाटन

काठमाडौं । ‘साकेला साहित्य महोत्सव–२०७७’को उद्घाटन यायोख्खाका कुल धामीबाट हुने भएको छ । किरात राई लेखक संघद्वारा आयोजित महोत्सवको विधिवत् उद्घाटन यायोख्खाको कुल धामीबाट हुने आयोजकले जनाएको छ ।

संघका उपाध्यक्ष बलिराज खम्बुले दिएको जानकारीअनुसार उद्घाटनको बखत वरिष्ठ साहित्यकार भूपाल राईले ढोल बजाएर र मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङले झ्याम्टा बजाएर धामीलाई सांस्कृतिक सहयोग गर्नेछन् ।

उद्घाटनकै क्रममा सुम्निमा–पारुहाङलाई स्मरण गर्ने, प्रकृतिलाई पुज्ने, मुन्धुम फलाक्नेसँगै सिलाम, अदुवा, कोदोलगायतबाट बनेको प्रसाद ग्रहण गर्दै महोत्सवको विधिवत् उद्घाटन गर्ने कार्यक्रम रहेको संघका सचिव गणेशकुमार राईले जानकारी दिए ।

कविताको सवालमा संघले केही अगाडि नै उत्कृष्ट ३० छानेको छ । जसअन्तर्गतका उत्कृष्ट ५ सम्मलाई पुरस्कारको व्यवस्था गरिएको र पुरस्कार वितरण आगामी १५ पुषमा गरिने संघका अध्यक्ष खुक्सङ खम्बु राईले जानकारी दिए ।

Related News:–
–साकेला खुल्ला कविता प्रतियोगिता : उत्कृष्ट ३० छान्दै सङ्घ, ५ पुषभित्र भिडिओ सामग्री उपलब्ध गराउनुपर्ने
–साकेला खुल्ला कविता प्रतियोगिता गर्दै किरात राई लेखक सङ्घ, सहभागी कसरी हुने ?

 

 

प्रतिक्रिया