‘यो मुद्दा जनतामा पनि गएको छ, अदालतले न्याय गर्नेमा विश्वस्त छाैँ’
२०७७ पुस १० गते

|माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड। तस्वीरः मकालु खबर|
काठमाडाैं । सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समूहको पक्षमा अदालतले फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा निर्णय सार्वजनिक गर्ने कार्यक्रममा आफ्ना धारणाहरू राख्दै अध्यक्ष दाहालले अदालतप्रति विश्वास रहेकाे धारणा राखेका हुन् । उनले भने, ‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिएको छ । असंवैधानिक काम गरेर निर्ममतापूर्वक लोकतन्त्रको हत्या गर्न खोजिएको छ । अदालतले यसबारे न्यायपूर्ण रूपमा फैसला गर्नेमा विश्वास छ ।’
यस्तै उनले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र धरापमा पारेकाे समेत आराेप लगाएका छन् । प्रम ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कारण नेपालको राजनीति जटिल मोडमा आइपुगेकाे बताए ।
२०७७ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








