सडक सङ्घर्षमा शीर्ष नेताहरु [तस्वीरहरु]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भङ्ग गरेपछि नेकपा दुई चिरा भएको छ । दुवै नेकपाले आफूलाई ‘मूल शक्ति’का रुपमा स्थापित गर्न प्रयासरत छन् ।

यसैबीच पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले शुक्रबार माइतीघर मण्डला र आसपासमा सडक सङ्घर्ष गरेको छ ।

बिहान ९:३० बजे माइतीघर पुगेका दाहाल, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरु त्यहीँबाटै निर्वाचन आयोगतर्फ सोझिएका छन् ।

यही नेकपाले दिउँसो २ बजे कार्की बैङ्क्वेटमा पत्रकार सम्मलेन गर्दैछ । जहाँ, विविध जानकारीहरु दिने तयारी गरिएको बताइएको छ ।

|तस्वीरहरुः विकास अर्याल, मकालु खबर|

प्रतिक्रिया