संसद विघटन र पार्टी विभाजन गरेका ओली किन जाँदैछन् भारत ?

काठमाडौं । संसद् विघटन गरेर तीव्र आलोचनाको पात्र बन्दै आएका प्रधानमन्त्री केपी ओलीले यही पुस २० गते भारत भ्रमण गर्ने भएका छन् ।

चौतर्फी विरोधको सामना गरिरहेका प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि उनले भारत भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका लागि दुवै देशको कूटनीति र राजनीति संयन्त्र समेत परिचालन भइसकेको बताइएको छ । प्रधानमन्त्री ओलीको भ्रमण तालिकालाई अन्तिमरुप दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पुस १८ गते भारत जाने भएका छन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रपति रामनाथ कोविद, गृहमन्त्री राजनाथ सिंहलगायतका उच्च नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । भारत भ्रमण कति दिनको हुने टुंगो लागिनसकेको बताइएको छ ।

भारत भ्रमणका क्रममा महत्वपूर्ण निर्णय दुई देशबीच हुन सक्ने आकलन गरिएको छ । चौतर्फी विरोधको सामना गरी रहेका प्रधानमन्त्री ओलीले मुलुकको हितभन्दा पनि सत्ता टिकाउन भारतसँग सम्झौता गर्न सक्ने भन्दै विभिन्न दलका नेताहरु सशंकित भएका छन् । –नेपाल समाचार पत्र दैनिकबाट

प्रतिक्रिया