ओली समूहले तोक्यो संयोजक, कुन प्रदेशमा को ?

काठमाडौं । नेकपा विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको ओली समूहले प्रदेशस्तरीय भेला सुरु गरेको छ । भेलाका लागि संयोजक पनि तोकिएको हो ।

ओली समूहले सातै प्रदेशका लागि प्रदेश संयोजक तोकेर प्रदेशस्तरीय भेला र अन्य तयारी गरेको हो । प्रदेश १ को संयोजकमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शङ्कर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई संयोजक तोकिएको हो ।

यस्तै जनवर्गीय सङ्गठनमा टोपबहादुर रायमाझी र काठमाण्डौ उपत्यकामा कृष्णगोपाल श्रेष्ठलाई अ‍ोली समूहले संयोजक तोकेको छ ।

प्रतिक्रिया