दाहाल–नेपाललाई प्रदीप ज्ञवालीको आग्रह–‘आन्दोलन फिर्ता लिनुस्’
२०७७ पुस ९ गते

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले दाहाल–नेपाल पक्षलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।
बिहीबार बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठक सकिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले दाहाल–नेपाल नेतृत्वको नेकपाले शुक्रबारदेखि घोषणा गरेको आन्दोलनको कार्यक्रमहरु फिर्ता लिन आग्रह गरेका हुन् ।
आन्दोलनको कुनै पनि औचित्य नभएको बताउँदै प्रवक्ता ज्ञवालीले भनेका छन्, ‘मेरो आग्रह छ । आन्दोलनको कुनै पनि औचित्य छैन । फिर्ता लिनुस् ।’
दाहाल–नेपाल पक्षको बिहीबार बबरमहलस्थित कार्की बैङ्क्वेटमा बसेको केन्द्रीय समितिको बैठकले भोलिदेखि १४ गतेसम्म शृङ्खलाबद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ ।
२०७७ पुस ९ गते
प्रतिक्रिया
सम्बन्धित








