ओली नेतृत्वको नेकपाद्वारा संशोधित विधान निर्वाचन आयोगमा दर्ता

काठमाडौं । केपी शर्मा अ‍ोली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता गराएको छ ।

स्रोतका अनुसार बिहीबार आयोगमा दर्ता गराइएको संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै ‘हस्ताक्षर’ चल्ने बनाइएको छ ।

यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो ।

दुई अध्यक्ष रहने प्रावधान कायमै
संशोधित विधानबाट दुई अध्यक्ष रहने प्रावधान भने हटाइएको छैन । त्यस्तै केन्द्रीय समितिको संख्या पनि ओली पक्षले निर्णय गरेर पुर्याएको  १ हजार १ सय १९ लाई कायम गरिएको छ ।

ओली समूहले मंगलबार नै निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटी विस्तार गरेको जानकारी दिएको थियो ।

 

प्रतिक्रिया