यी हुन्, दाहाल–नेपाल नेतृत्वको केन्द्रीय समितिको बैठकले गरेको निर्णयहरु

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आउँदो १४ गते देशव्यापी रुपमा सरकार विरोधी आन्दोलन चर्काउने भएको छ ।
केन्द्रीय सदस्य तथा युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले दिएको जानकारीअनुसार आन्दोलनको लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २,५०१ संघर्ष समिति गठन भएको छ ।
अन्य पार्टीका निर्णयहरु–
–१० गते ९ः३० बजे सबै केन्द्रीय सदस्य, सासंदहरूलगायत माइती घरमा जम्मा भएर निर्वाचचन आयोग जाने ।
–दिउँसो २ः०० बजे पत्रकार सम्मेलन गर्ने ।
–१ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने ।
–१४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
–१२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने ।
–१४ गते ७७ वटै जिल्लामा प्रतिगमनकाविरुद्ध आन्दोलन गर्ने
–२० गतेभित्र नगर र गाउँसम्म बैठक, भेला गर्ने ।
–२५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने ।
–काठमाडौलगायतका शहरहरूमा प्रतिगमनकाविरुद्ध दैनिक आन्दोलन गर्ने ।
–क. नारायणकाजी श्रेष्ठको नेतृत्वमा २,५०१ प्रतिगमनकाविरूद्ध संघर्ष समिति गठन गर्ने ।








