दाहाल–नेपाल नेतृत्वको नेकपाद्वारा १४ गते देशव्यापी आन्दोलनको घोषणा
२०७७ पुस ९ गते

|कार्की बैङ्क्वेटमा चलिरहेको केन्द्रीय समिति बैठक। तस्वीरः विकास अर्याल, मकालु खबर|
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
जारी केन्द्रीय समितिको बिहीबार भएको भेलाले आउँदो १४ गते देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार काठमाडौंमा मुख्य प्रदर्शन हुनेछ ।
आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २,५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ ।
बैठकले पुस १० गते माइतीमण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।
यसैगरी श्रेष्ठका अनुसार ११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ ।
२०७७ पुस ९ गते
प्रतिक्रिया
सम्बन्धित








