बालुवाटार र बबरमहलमा नेकपा केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई केन्द्रीय समिति बैठक एकैसाथ शुरु भएका छन् ।

बालुवाटारमा केपी शर्मा ओली नेतृत्वको नेकपाको र बबरमहलस्थित पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मावधकुमार नेपाल नेतृत्वको केन्द्रीय समिति बैठक शुरु भएका हुन् ।

दुवै पक्षको बैठक दिउँसो १ बजेपछि शुरु भएको हो ।

उस्तै ब्यानर
ब्यानर भने दुवै पक्षले एकै खालको प्रयोग गरेका छन् ।

प्रयोग गरेको ब्यानरमा विधानकै व्यवस्था अनुसारकै प्रतीक चिन्हअङ्कित छन् । सूर्यभित्रको रातो पृष्ठभूमिको गोलाकार सूर्यभित्र हँसिया हथौंडा हुने विधानमा व्यवस्था छ ।

 

प्रतिक्रिया