म माधव–प्रचण्ड पक्षको भइसकेँ : पूर्वमन्त्री तामाङ

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा नेता शेरबहादुर तामाङले आफूले केपी शर्मा ओली नेतृत्वको नेकपालाई साथ दिन नसक्ने बताएका छन् ।

मकालु खबरसँग कुराकानी गर्दै नेता तामाङले आफू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षमा आइसकेको पनि बताए । ‘म माधव–प्रचण्डमा आइसकेँ ।’ नेता तामाङले भनेका छन् ।

यसैगरी नेता तामाङले राष्ट्रिय पार्टीमा विग्रह आउनु भनेको असह्य विषय भएको पनि बताए । उनले भने, ‘विग्रहले कम्युनिष्ट आन्दोलनलाई कहीँ पनि पुर्याउँदैन । पछि मिलेर जानुको विकल्प छैन ।’

 

प्रतिक्रिया