नेकपा दुई ‘चिरा’ भएपछि चिनियाँ राजदूतले भटिन् प्रचण्डलाई
२०७७ पुस ९ गते

|राजदूत यान्छी र प्रचण्ड। फाइल फोटो|
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन् ।
नेकपा राजनीतिक रुपमा विभाजित भइसकेपछि राजदूत यान्छीले प्रचण्डलाई बिहीबार उनकै निवास खुमलटार पुगेर भेटेकी हुन् ।
बिहान ९ बजे खुमलटार छिरेकी राजदूत यान्छीले दाहालसँग करिब आधा घण्टा बातचीत भएको स्रोतले बताएको छ ।
राजदूत यान्छीको सक्रियता नेकपाभित्र खटपट परेपछि बढ्ने गरेको छ ।
२०७७ पुस ९ गते
प्रतिक्रिया








