सोमपाल, करण र कुशलले यूएईमा टी-१० लिग खेल्ने

काठमाडौँ । आबु धाबीमा हुने टी-१० लिगका लागि तीन नेपाली क्रिकेटर छानिएका छन् । बुधबार भएको ड्राफ्टबाट टी-१० लिगका टिमले नेपाली अलराउण्डर करण केसी, युवा खेलाडी कुशल मल्ल र तिब्र गतिका बलर सोमपाल कामी छनौट भएका छन् ।

नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का इमर्जिंग ट्यालेन्ट मेन्टर रहेको टिम अबु धाबीले युवा खेलाडी कुशल मल्ललाई किनेको छ । त्यस्तै तिब्रगतिका बलर पाकिस्तानी खेलाडी शोएब मल्लिक कप्तान रहेको मराठा अरबियन्सले किनेको छ । त्यस्तै श्रीलंकाका थिसारा परेर कप्तान रहेको पुने डेभिल्सले अलराउण्डर करण केसीलाई किनेको छ ।

टि-१० लिगबाट गएको सिजनमा नेपाली पूर्व कप्तान पारस खड्का टिम अबु धाबीबाट खेलेका थिए भने यस सिजनमा पारसलाई अबु धाबीले पारसलाई इमर्जिंग ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त गरेको छ । दुबईमा हुने टी-१० लिगको यस सिजनको खेल जनवरी २८ देखि फेब्रुअरी ६, २०२१ सम्म हुने छ । यस अघि नोभेम्बर १९ देखि २८ सम्म हुने भनिएको भएपनि कोरोना महामारीका लागि स्थगित भएको थियो ।

प्रतिक्रिया