फराकिलो जित निकाल्दै पीएसजी शीर्ष तीनमा

काठमाडौं । बुधबार राति भएको फ्रेन्च लिग वान अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पीएसजीले स्ट्रासबोमाथि ४-० को शानदार जित निकालेको हो । ​

पीएसजीले खेलको १८ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो । टिमोथी पेम्बेले पीएसजीका लागि पहिलो गोल गरे । पहिलो हाफमा १–० ले अग्रता लिएको पीएसजीले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।

दोस्रो हाफको ७९ औं मिनेटमा केलियन एम्बापेले पीएसजीको अग्रता दोब्बर बनाएर । दोस्रो हाफमा आक्रमक देखिएको पीएसजीका लागि खेलको ८८ औं मिनेटमा एड्रिसामा गुएले गोल गर्दै टिमलाई ३-० ले अग्रता दिलाए ।

त्यसैगरी खेलको इन्जुरी समयमा मोइस किनले गोल गरेपछि पीएसजीले ४-० को शानदार जित दर्ता गरेको हो ।

यो जितसँगै तेस्रो स्थानमा उक्लिएको पीएसजी १७ खेलबाट ३५ अंक जोडेको छ । लिला र लियोन समान ३६ अंकसहित पहिलो र दोस्रो स्थानमा कायम छन् ।

प्रतिक्रिया