‘घर छोडेर जानेले घर पाउँदैन, अर्को बनाउनुपर्छ’

काठमाडौं । नेकपा नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इङ्गित गर्दै घर छोडेर जानेले घर नपाउने बताएका छन् ।

बुधबार आफू आधिकारिक भएको प्रमाणसहित निर्वाचन आयोग पुगेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता पाण्डेले यस्तो बताएका हुन् ।

निर्वाचन आयोगबाट निस्किएका नेता पाण्डेले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भनेका छन्, ‘घर छाडेर जानेले घर पाउँदैन । उसले अर्कै घर बनाउनुपर्छ ।’  यस्तै नेता पाण्डेले आफूहरु आधिकारिक भएको जिकिरसमेत गरे । ‘हामी बहुमत सदस्य यतै छौँ । त्यस हिसाबले हामी वैधानिक हौं ।’

आफूहरुले २ सय ८७ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निर्वाचन आयोगमा पत्र बुझाएको बताउँदै नेता पाण्डेले भनेका छन्, ‘नेकपाकै विधानमै पनि बहुमत ठूलो हो ।’

–दाहाल–नेपाल पक्षले निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर

प्रतिक्रिया